राष्ट्रपतिले आराम गरेर बस्न मिल्दैन

१२ श्रावण २०६९, शुक्रबार १७:०४ मा प्रकाशित

काठमाडौं, १२ साउन । कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपति डा. रामवरण यादव आरम गरेर मात्र बस्न नहुने बताएका छन् । उनीहरुले राष्ट्रपति यादवले सरकारले गरेका असंवैधानिक कदम सदर नगरी आफ्नो अधिकर प्रयोग गरेर मुलुकलाई बचाउनु पर्नेमा जोड दिए ।
उनीहरुले मुलुकमा रहेको राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि डा.यादवले छिट्टै कदम चालेर निकास दिनुपर्ने बताए । राजधानीमा आज आयोजित साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपतिले छिट्टै कदम चाल्नु पर्ने बताए ।
केसीले सरकारले निर्वाचनको नाटक गरेर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको दावी गरे । उनले भने, ‘सरकारले घोषणा गरेको यो निर्वाचनमा कांग्रेस यथास्थितिमा सहभागी हुँदैन ।’ विशिष्ट पूर्व पदाधिकारीहरुलाई सेवा सुविधा दिने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै नेता केसीले भने, ‘मिलिजुली देश खान र सत्ताको आयू लम्बउन यो निर्णय गरिएको हो ।’
एमाले सचिव शंकर पोखरेलले सरकारले संविधान पालना नगरेको अवस्थामा संविधानको संरक्षक राष्ट्रपति चुप लागेर बस्न नहुने बताए । यस्तो अवस्थामा संविधानको संरक्षक राष्ट्रपति शीतल निवासमा आराम गरेर बस्न नमिल्दैन उनको भनाई थियो । सरकारले एकलौटी रुपमा मंसिर–७ गतेका लागि घोषणा गरेको निर्वाचन असंबैधानिक रहेको भन्दै उनले असंबैधानिक निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सरकार सहमतिमै निर्वाचन गर्ने पक्षमा रहेको बताए । उनले भने, ‘सहमतिमै निर्वाचनको नयाँ मिति तोकिने छ ।’ निर्वाचन वा सहमति विना सरकार परिवर्तन संभव नभएको भन्दै उनले राष्ट्रपतिलाई जति उचाले पनि सरकारलाई केही फरक नपर्ने दाबी गरे । विशिष्ट पूर्व पदाधिकारीहरुलाई राज्यले सेवा र सुरक्ष दिन गरेको निर्णय जायज रहेको भन्दै सल्लाहाकार पौडेलले त्यसको बचाउ गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने