‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक

११ माघ २०७५, शुक्रबार २१:४७ मा प्रकाशित

काठमाडौँ, ११ माघ । पुस्कर पन्तको कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल वाग्मती समितिको आयोजनामा आज यहाँ भएको कार्यक्रममा समितिका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार डा शान्ति गिरी र कृष्ण प्रधानले संयुक्त रुपमा सो कविता सङ्ग्रह सार्वजनिक गर्नुभयो ।

कविता सङ्ग्रहमाथि टिप्पणी गदै डा गिरीले लेखक पन्तले सङ्ग्रहमा नेपाल र अमेरिकाको भोगाइ र अनुभूतिलाई चित्रण गरेको बताउनुभयो । उहाँले प्रवासमा बस्दा आफ्नो परिवारसँगको भेटघाट, दिनचर्या र भोगाइलाई कविताको माध्यमबाट कविले चित्रण गरेको बताउनुभयो । नेपालको राजनीति नसुध्रिएकाले धेरै नेपाली विदेश जान बाध्य भएको कुरासमेत कविता सङ्ग्रहमा उल्लेख छ ।

साहित्यकार प्रधानले सङ्ग्रहको शैली, भाषा र विम्बप्रतिको संयोजनले कवितालाई तुलनात्मक रुपमा राम्रो बनाएको बताउनुभयो । उहाँले कवि विदेशमा भएपनि कविताको माध्यमबाट नेपालको मौलिकता, संस्कृति र राजनीतिमा बढ्दै गएको भ्रष्ट्राचारप्रति चिन्ता व्यक्त गरिएको बताउनुभयो । समितिका अध्यक्ष लेकालीले नयाँ पुस्ता नेपाली भाषा हस्तान्तरण गर्ने विषयप्रति चिन्तत रहेका बेला कविताले विदेशमा रहेका नेपालीलाई नेपाली भाषा सिकाउन महत्वपूर्ण योगदान रहने बताउनुभयो । सो कविता सङ्ग्रहमा ‘अमेरिकाको डिउटी’, ‘अमेरिकाको सपना’, ‘मेरो देश’ ‘मेरो देश र नेता’ लगायतका ४९ कविता समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो