राष्ट्रिय सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने महामन्त्री सिंहको भनाइ

३० फाल्गुन २०६८, मंगलवार ०८:१७ मा प्रकाशित

जाजरकोट, ३० फागुण । नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेसको नेतृत्वमा सरकार गठनका लागि भोलिबाट प्रक्रिया सुरु हुने बताउनुभएको छ । जाजरकोटमा आज विहान पत्रकारहरुसँग महामन्त्री सिंहले यस्तो बताउनु भएको हो । काङ्ग्रेस क्षेत्र नम्बर १ जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा आज हुने आमसभालाई सम्बोधन गर्न सिंह जाजरकोट पुग्नु भएको हो । महामन्त्री सिंहले अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने र त्यही सरकारले शान्ति र संविधानका बाँकी काम पूरा  गर्ने विश्वास दिलाउनुभयो । जेठ १४ पछि कुनै पनि हालतमा संविधानसभाको म्याद थप्ने पक्षमा काङ्ग्रेस नरहेको स्पष्ट पार्दै महामन्त्री सिंहले तोकिएकै समयसीमाभित्र संविधान निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी