डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न माग

३ माघ २०७५, बिहीबार २२:४१ मा प्रकाशित

काठमाडौँ, ३ माघ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गर्नुभएको छ ।

सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने थापाले बताउनुभयो । शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले आज यहाँ पत्रकार सम्मेलन गरी भन्नुभयो, “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”
सम्झौताअनुसारको विधेयक बनेमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने नेता थापाको भनाइ थियो । डा केसीले अनशन नबसेको भए देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी गर्दै नेता थापाले नेपालमा ठूलो दुर्घटना र चलखेल हुनबाट डा केसीले जोगाएको जिकिर गर्नुभयो । मापदण्ड विना पहँुचका आधारमा मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया उहाँकै कारण रोकिएको नेता थापाको दाबी थियो ।

थापाले ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ भन्ने शब्दावली प्रस्तावनामा नै राख्नुपर्ने माग गर्नुभयो ।
सरकारले सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै अहिले डा गोविन्द केसी १६औँ अनशनमा बस्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले