मालढुङ्गा बस दुर्घटना: १० जनाको हेलिकप्टरमा उद्धार

३ माघ २०७५, बिहीबार २२:३१ मा प्रकाशित

गलकोट, ३ माघ । कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल तथा सात जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको छाउनी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । अन्य २२ घाइतेलाई एम्बुलेन्समार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नंको बस आज पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता