अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा युग पाठक निर्वाचित

३० पुष २०७५, सोमबार ०१:३८ मा प्रकाशित

काठमाडौँ, २९ पुस । लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित हुनुभएको थियो । अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिनुभएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालका लागि गौरवपूर्ण चुनौती भएको बताउनुभयो । विभिन्न युद्ध र गरीबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानका माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

यही पुस २७ गतेदेखि आजसम्म चलेको अधिवेशनमा ‘जेरुसेलम अन द वल्र्ड सिन’ विषयमा अन्तक्र्रिया पनि आयोजना गरियो । अधिवेशनबाट पारित रवात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने