विवादका कारण मुख्य सचिव तोकिएन/स्वीकृत गरियो दुई अध्यादेश

१२ श्रावण २०६९, शुक्रबार १४:२० मा प्रकाशित

काठमाडौ, १२ साउन । मन्त्रीहरुबीच चर्को विवादका कारण सरकारले शुक्रबार तोक्ने भनिएको कायम मुकायम मुख्य सचिव तोक्न सकेन । विभिन्न मन्त्रीहरुले आफ्नो खल्तीबाट मुख्य सचिवको नाम लिष्ट निकाली आफुले भनेको व्यक्तिलाई मुख्य सचिव बनाउनु पर्ने अडान राखेपछि सरकारले मुख्य सचिव तोक्न नसकेको हो ।

मुख्य सचिव तोक्ने विषयमै विवाद भएपछि शुक्रबार विहान सांढे आठ बजे बस्ने भनिए पछि मन्त्रीहरुबीच मुख्य सचिव चयन गर्ने विषयमा मन्त्रीहरुबीच कुरा नमिल्दा बैठक एक घण्टा ढिलो सुरु भएको थियो । मन्त्रीपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री तथा केही बरिष्ठन मन्त्रीहरुबीच मुख्य सचिव चयान गर्ने विषयमै छलफल गर्न अनौपचारीक छलफल समेत भएको थियो । छलफलमा कुरा नमिलेपछि सो विषयलाई बैठकमै प्रवेश गराइएको थिएन ।  बैठकमा सहभागि एक मन्त्रीका अनुसार अनौपचारी छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिलामणि पौडेलको नाम प्रस्ताव गरेका थिए । तर, मधेसी मोर्चाका मन्त्रीहरुले वरिष्ठता मिच्ने नै भए उमाकान्त झालाई बनाउनुपर्ने अडान लिएपछि कामु मुख्य सचिव चयनमा कुरा नमिलेको हो ।
साउन २२ मा तीनवर्षे पदावधि पूरा हुने मुख्यसचिव माधव घिमिरे आइतबारदेखि बिदामा बस्ने बताएका छन् । सरकारले आइतबारनै मन्त्रीपरिषद्को बैठक बसी कामू मुख्य सचिव चयन गर्ने एक मन्त्रीले बताए ।
यसैबीच मन्त्रीपरिषद बैठकले कामु मुख्य सचिव तोक्न नसके पनि संविधानसभा निर्वाचनको तयारी स्वरुप संविधानसभा निर्वाचन ऐन २०६९ संशोधनका लागि तयार पारिएको दुई वटा अध्यादेश पारित गरी राष्ट्रपति समक्ष पेस गर्ने निर्णय गरेको छ । अर्थमन्त्री वर्षमान पुनका अनुसार बैठकले संविधानसभा निर्वाचन २०६९ सम्बन्धी अध्यादेश र निर्वाचनसम्बन्धी ऐन २०६९ लाई सामान्य सुधार र संशोधन गर्नेसम्बन्धी अध्यादेश पारित गरेको हो । मन्त्री पुनले उक्त अध्यादेशले निर्वाचनको वातावरण्ँ सहज बनाउने बताए ।
बैठकले महासेनानी गौरव टण्डुललाई सहायक रथीमा तथा प्रमुख सेनानीद्धय बिनय बिक्रम राणा र मिनध्वज खड्कालाई महासेनानीमा बढुवा गरिएको छ । उपरथी प्रदीप बिक्रम राणालाई संयुक्त राष्ट्र संघीय शान्ति मिसन कंगोमा डेपुटी कमान्डरमा प्रतिस्पर्धा गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री मन्त्री पुनले बताए । बैठकले मट्टितेलमा लगाउँदै आएको भ्याट हटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका