वरिष्ठ पत्रकार चन्द्रलाल झा रहेनन्

१२ श्रावण २०६९, शुक्रबार १३:१५ मा प्रकाशित


काठमाडौं, १२ साउन । ‘नेपाल टाइम्स’का संस्थापक वरिष्ठ पत्रकार चन्द्रलाल झाको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका झा विगत डेढ महिनादेखि अस्पतालको बेडमै हुनुहुन्थ्यो भने बिहिबार मात्र उहां अस्पतालबाट डिस्र्चाज भई मरुटोलस्थित आफ्नै निवास आउनुभएको थियो । आज बिहान ७ बजे आफ्नै निवासमा उहांको निधन भएको उहांका कान्छो छोरा सुशील झाले जानकारी दिए ।

कुनैबेला चन्द्रलाल झाको सम्पादनमा प्रकाशित हुने नेपाल टाइम्स दैनिक (पछि साप्ताहिक)मा कुनैबेला आजका वरिष्ठ पत्रकार किशोर नेपाल, पुरुषोत्तम दाहाललगायत थुप्रै पत्रकारहरु संलग्न थिए भने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसमेत सो पत्रिकामा संलग्न थिए । प्रजातन्त्रका लागि अडान लिने स्वर्गीय चन्द्रलाल झाको कट्टर प्रजातन्त्रवादी स्वभावले उनलाई पटक–पटक जेलसम्म पु¥यायो । उहांको निडर स्वभाव यतिसम्म थियो कि वीपीदेखि गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीजस्ता नेताहरुसमेत उहांलाई सम्मान गर्दथे । अहिलेसम्मकै सबैभन्दा लामो समय प्रकाशित अंंग्रेजी दैनिक कमनरमा समेत संलग्न रहनुभएका र अविचलित रुपमा पत्रकारितामा अडिग झाको किसुनजीसँग विशेष सम्वन्ध थियो ।
स्वर्गीय झाका तीन छोरा, दुई छोरी र पत्नी हुनुहुन्छ भने उहांको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित

आजको प्रमुख समाचार