प्रधानमन्त्रीलाई राजिनामा गर्न बाध्य पार्न सडक आन्दोलन गर्ने चेतावनी

३० फाल्गुन २०६८, मंगलवार ०८:१३ मा प्रकाशित

काठमाडौ, ३० फागुण । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले दर्जाकै कारण अब शान्ति प्रक्रिया नरोकिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बैद्यले शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको भन्दै यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूहरुलाई विश्वास नभएको स्पष्ट पारे ।
उनले शान्ति प्रक्रियामा आफूहरुको फरक स्पष्ट असहमति रहेको उल्लेख गर्दै समायोजनको नाममा जनमुक्ती सेनाको अपमान र निशस्त्रीकरण गर्ने काम भएको आरोप लगाए । उनले भने– शान्ति प्रक्रिया सकिदैछ तर पनि राम्रो परिणाम आउँला जस्तो लाग्दैन ।
आफूहरु अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई स्थायी शान्ति कायम गर्ने गरी अगाडि बढाउने प्रयासमा मिलाएर अगाडि बढाउने पर्ने भन्दै बैद्यले जनताले धोका पाउने अवस्था भएकोले फेरी जनताले हतियार उठाउन नपर्ने गरी शान्ति प्रक्रिया निष्कर्समा पुर्याउनु पर्ने पक्षमा आफूहरु रहेको बताए ।
शान्ति प्रक्रियालाई केवल समायोजनको रुपमा मात्रै बुझिएको भन्दै बैद्यले संविधान निर्माण, बेपत्ता खोजी सहितका आयोग गठनमा भने बेवास्ता गरेको गुनासो गरे ।
संविधान निर्माण र शान्ति प्रक्रिया सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिदै उनले भने–अझै समय बाँकी छ, शान्ति र संविधान निर्माणको प्रकृयालाई गंभिरतापूर्वक अगाडि बढाऔ त्यसकोलागी दलहरुवीच छलफल चलाऔ । हामिलाई जनताको चाहना अनुसारको संविधान बन्छ कि बन्दैन भन्नेमा गंभिर आशंका छ ।
सात बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिनु पर्ने आवश्यकता औल्याउदै उपाध्यक्ष बैद्यले आवश्यक परे सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए ।
उनले सरकार देश र जनताको पक्षमा नभएको भन्दै माओवादी नेतृत्वको सरकार हो कि होईन भन्ने आशंका समेत ब्यक्त गरे ।
उनले भने–काग्रेस र एमाले भने अनुसारको काम सरकारले गरेको छ । माओवादीको सरकार हो कि होईन गंभिर आशंका छ ।
उनले पार्टी अध्यक्षले पार्टीका निर्णयहरु कार्यान्वयन नगरे आफूहरुले कार्यान्वयन गर्ने स्पष्ट पार्दै राष्ट्रिय स्वाधिनता खतरामा परेकोले स्वाधिनताको रक्षाकोलागी गंभिर भएर काम गर्ने बताए । उनले भने–असमान सन्धी सम्झौताको खारेजी, जलस्रोतमा भारतीय प्रभुत्व अन्त्य गर्ने र सीमा अतिक्रमणका विषयमा जनतालाई सचेत पार्न प्रचार प्रसार गर्छौ ।
सक्रमणकालिन अवस्थाको ब्यवस्थापनको अस्थायी विधी अवलम्बन गरेकोले एउटा पार्टी दुई वटा जस्तो देखिएको भन्दै यस्तो अवस्थामा लामो समयसम्म रहन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ