मानव तस्करीमा आरोपित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

२४ पुष २०७५, मंगलवार ००:४७ मा प्रकाशित

काठमाडौँ, २३ पुस । नेपाल सरकारले मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यस अघि मानव तस्करीको आरोपमा विवादमा परेकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समिति समेत बनाएको थियो ।

यस अघि मानव तस्करीको आरोप लागेकी शेर्पालाई सरकारले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो ।

परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन् । लगत्तै मन्त्रालयले शेर्पा माथि लागेको आरोपका विषयमा सत्यतथ्य बुझ्न काठमाडौं बोलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल