किम जोङ उन बिबाहित भएको आशङ्का

१२ श्रावण २०६९, शुक्रबार १२:४८ मा प्रकाशित

प्योङयाङ, १२ साउन । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले पहिलो पटक मुलुकका नेता किम जोङ उन विवाहित रहेको पुष्टि भएको समाचार प्रकाशित गरेका छन् । एउटा मनोरञ्जन पार्क उद्घाटन गर्न गएका उनीसंग सहभागी उनकी पत्नीलाई सरकारी रेडियोले ‘कमरेड री सो जु’ नामले चिनाएको हो ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा नेता उनसंग एक अपरिचत महिला देखिएपछि पछिल्ला सातामा उनको निजी जीवनबारे धेरै चर्चा भएको थियो । गत वर्षको डिसेम्बरमा आफ्ना पिता किम जोङ इलको मृत्यु भएपछि किम जोङ उनले मुलुकको बागडोर सम्हालेका थिए ।
गत साता बुधबार स्थानीय समयानुसार सांझ ८ बजे उत्तर कोरिया रेडियोले प्रशारण गरेको आठ मिनेट लामो समाचारमा सो रेडियोले श्रमिती री बारे उल्लेख गरेको थियो । उनको वैवाहिक अवसथाबारे जान्न विश्लेषकहरु किम र उनका भित्री वृत्तमाथि निगरानी राख्दै आएका थिए । यसले लामो समयदेखि एक्लो बासमा रहेको मुलुक कुन दिशातिर लानेछ भन्ने निक्र्योल गर्ने उनीहरुको विश्वास छ ।
गत साता उत्तर कोरियाली सरकारी निकायले सेनामा व्यापक परिवर्तन गरेको थियो । यसलाई नयां नेता उनको शक्ति सञ्चयको कदममका रुपमा विश्लेषकहरुले व्याख्या गरेका छन् । उत्तर कोरियामा री सोल जुन नामकी एक गायिका छिन्, तर उनी नै किमकी पत्नी हुन् कि होइनन् भन्नेचाहिं स्पष्ट भइसकेको छैन । तर, किमसंग विभिन्न कार्यक्रममा संगै देखिने महिला री नै भएको विश्वास गरिएको छ । उनको पश्चिमी शैलीको पहिरन र हेयरसटाइललाई किमको छोटो पश्चिमेली शिक्षाको प्रभावका रुपमा बुझिएको छ ।
दक्षिण कोरियाले यसअघि ती महिला अर्का उत्तर कोरियाली गायिका ह्योन सोङ बोल भएको बताएको थियो । किमको निजी जीवनबारे समाचार सार्वजनिक भएपछि माइक्रो ब्लगिङ साइट ट्वीटरमा रीको नामले चर्चा पाएको पनि समाचारमा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार