
काठमाडौँ, २३ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पूर्वाग्रहका आधारमा लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम गरेको आरोप लगाएका छन् ।
पर्यटनमन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको आदेश अनुसार आफूले वाइडबडी खरिद वापत अन्तिम किस्ता उपलब्ध पठाएको दाबी गरे ।
उनले वाइडबडी खरिद वापत अन्तिम किस्ता पठाएर ठूलो रकम क्षति हुनबाट रोकेको पनि जिकिर गरे । पत्रकारहरुलाई जवाफ दिँदै उनले जहाजको अन्तिम किस्ता रकम नपठाएको भए नेपाल वायुसेवा निगम टाट पल्टने पनि बताएका छन् ।
२०७३ पुस १ गते आरएसपी कानून विपरित भन्दै परेको उजुरीको फैसला अनुसार आफू गलत नरहेको मन्त्री अधिकारीको भनाइ छ । २०७४ मंसिर २७ गतेको सर्वोच्च अदालतको फैसला अनुसार नै जहाजको अन्तिम किस्ता रकम पठाएको दावी अधिकारीले गरेका हुन् ।
नेपाल वायुसेवा निगमलाई टाट पल्टनबाट जोगाएको मन्त्री अधिकारीको जिकिर छ । मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलनमा भने, ‘आफ्नो कार्यकालमा भएको कामको जिम्मेवारी लिछु भन्दै, भाग्ने कुरै आउँदैन ।’
यस अघि लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको र संसदलाई झुठो जानकारी दिएको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली
काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको
काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा