शिक्षामन्त्रालय घेर्दै विद्यार्थी संगठनहरु

१२ श्रावण २०६९, शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौं, १२ साउन । निजी उच्च माध्यमिक विद्यालयहरुले लिँदै आएको चर्को शुल्क घटाउनु पर्ने, भौतिक पूर्वाधार नभएका प्राबिधिक शिक्षालयहरु खारेज गरिनु पर्ने लगायतका शैक्षिक क्षेत्रसंग सम्बन्धित माग राखी आन्दोलन गरिरहेका आठ बिद्यार्थी संगठनले आज शिक्षा मन्त्रालय घेराउ गर्दैछन् । नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी लगायत ८ बिद्यार्थी संगठनले दिउँसो १ बजेदेखि २ बजेसम्म शिक्षा मन्त्रालय घेराउ गर्न लागेका हुन् ।
सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै उनिहरुले सरकारविरुद्ध थप आन्दोलनको घोषणा गर्न लागेको नेपाल विद्यार्थी संघका प्रचार बिभाग प्रमुख यूपी लामिछानेले जानकारी दिए । चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थि संगठनले १४ गते सरोकारवालाहरुसँग अन्तक्रिर्या गर्ने र १५ गते सरकारविरुद्धको आन्दोलनको घोषणा गर्ने योजना बनाएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले वार्तामा आउन आग्रह गरेको भएपनि संगठनले भने वार्ता र आन्दोलन एकैसाथ लैजाने बताएको छ । संगठनले आन्तरिक छलफलपछि मात्रै परिषद्सँग वार्ता गर्ने विद्यार्थी नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे