बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

२३ पुष २०७५, सोमबार ०३:४६ मा प्रकाशित

पोल्याण्ड, २२ पुस (एपी)। हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब १५ आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरुले निकालेका छन् ।

अग्नी नियन्त्रकहरुले ती किशोरीहरु मध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउनेक्रममा आगलागी भएको बताएका छन् । उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए ।

घटनामा परी डडेर घाइते भएका एक जना २६ बर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
हिटरनजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ