लस-एन्जलसको टोरेन्समा गोली चल्दा तीन जनाको मृत्यु

२२ पुष २०७५, आईतवार ०१:५३ मा प्रकाशित

सिसृक्षा ढकाल, लस-एन्जलस, २१ पुस । लस-एन्जलस स्थित टोरेन्स शहरमा बाउलिङ खेल चलिरहेको बेला अचानक सुरु भएको गोली प्रहारमा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा शुक्रबार राति करिब १२ बजे गोली चलेको आवाज सुनिएको बताउनुभयो । प्रहरीले सातै जना पीडितहरु पुरुष रहेको जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको थियो । लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दोलखाका एकै घरका तीन दिदीबहिनी जाँदैछन् । भोलि सगरमाथा आरोहणका लागि जान लागेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्