चीन भ्रमणमा जाँदा विशेष ध्यान देउ – अमेरिका

२१ पुष २०७५, शनिबार ०१:३० मा प्रकाशित

वासिङटन, २० पुस (एएफपी) – संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एड्भाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । तर, यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।

“अधिकांश अवस्थामा अमेरिकी नागरिकहरुले चीन जानुअघि आफूहरुमाथि निषेधात्मक प्रतिबन्ध रहे नरहेको थाहा पाउन आवश्यक छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चीनका स्थानीय कानुनको एकपक्षीय कार्यान्वयन गरिने, देश छाड्नबाट एकाएक प्रतिबन्ध लगाइने तथा चिनीया मुलका अमेरिकी नागरिकमाथि प्रताडना दिइने सम्भावनाप्रति सचेत रहन अनुरोध पनि गरेको छ ।

अमेरिकी नागरिकहरुलाई सुरक्षाको अवस्था पहिल्यै विचार गर्न तथा जिनजियाङ र तिब्बतमा कफ्र्यु लागे नलागेको बारेमा पूर्व जानकारी लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन भ्रमणमा जाँदाका जोखिमबारे बुझ्न अनुरोध गरिएको बताउनुभयो । “चीन भ्रमणमा जाँदा जोखिम बढी छन् भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।”

चीनको टेलिकम कम्पनी हुवावेका प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई क्यानाडाको भ्यानकुभरमा पक्राउ गरेलगत्तै चीनले आन्तरिक सुरक्षामा खतरा रहेको भन्दै गत डिसेम्बरदेखि हालसम्म ११ जना क्यानाडालीलाई चीनमा पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो