नेपालगञ्जमा चलचित्र महोत्सव शुरु

२१ पुष २०७५, शनिबार ०१:२१ मा प्रकाशित

राँझा, २० पुस । नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म समावेश गरिएका छन् ।

अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपालगञ्जमा फिल्म महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरता दिने प्रयास गरिरहेको बताउनुभयो । महोत्सवमा सहभागी हुन करीब एक दर्जन निर्देशक, निर्माता सहभागी छन् । काठमाडौँ केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको महोत्सवका निर्देशक प्रदीप पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ