केसीमाथि थोपरे प्रकाशले विना भगाउनुको दोष

१२ श्रावण २०६९, शुक्रबार ०९:४६ मा प्रकाशित


काठमाडौं, १२ साउन । अर्काकी श्रीमति लिएर बेपत्ता भएका एमाओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशले आफूलाई त्यस्तो कदम उठाउन एमाओवादीकै नेता कृष्ण केसीले बाध्य पारेको जनाएका छन् । अखिल क्रान्तिकारीकी नेतृ विना मगरलाई लिएर भागेको झण्डै तीन साता पुगेपछि प्रकाशले कान्तिपुर पत्रिकाका रिपोर्टर गंगा विसीलाई इमेल गर्दै भने– ‘मिडियामा मेरोबारे आएका टीकाटिप्पणी मैले हेरिरहेको छु । सायद कसैको व्यक्तिगत जीवनमा यति धेरै टीकाटिप्पणी हुनु त्यति राम्रो होइन जस्तो लाग्छ । हो, मान्छेको जीवनमा उतारचढाव आउंछ, कति मिल्छ कति मिल्दैन, तर त्यसबारे यति धेरै र्चचा हुनु त्यति जायज हो जस्तो लागेन ।’

प्रकाशले अगाडि भनेका छन्– ‘…तैपनि देशको ठूलो नेताका परिवारको सदस्य हुनुको नाताले चर्चा हुनु स्वाभाविक पनि हो । आज जुन हिसाबले प्रचार गरिएको छ, खत भयो बिग्रीयो । पैसा लिएर प्रचण्डको प्लानमा नै भगाइयो भन्ने काल्पनिक समाचार देख्दा दुःख र दया लागेर आउँछ, न म सम्र्पकविहीन भएर भागेको हो, न पैसाको कुरा ।’
‘यर्थाथ भन्नुपर्दा सिर्जना र मेरो अरेन्ज विवाह भएको थियो, जुन ममीले मिलाइदिनु भएको हो । मेरो सुरुमा नै विवाह गर्ने इच्छा थिएन । विवाहपछि घरमा झगडा हुने त भइहाल्छ । राम्रो होस भन्ने हुन्थ्यो, त्यो चार वर्षको अवधिमा पारिवारिक सम्बन्ध सुमधुर बनाउने प्रयत्न पनि भएकै हो । तर हामीले त्यो सम्बन्ध सुमधुर बनाउन सकेनौं । फेरि अरेन्ज विवाह भएको हुँदा परिवारमा सम्बन्ध विच्छेदको प्रस्ताव लग्न पनि अप्ठ्यारो । समाज र परिवारले पनि नमान्ने । सीएम (अध्यक्ष) संग हिंड्नुर्पने हुंदा त्यति समय दिन पनि भ्याउंथिनथें । त्यस्तैगरी चल्दै थियो । सगरमाथा आरोहणबाट फर्केपछि त्यो टिमका कृष्ण केसीले व्यक्तिगत मनमुटावको आधारमा गलत समाचार दिए । त्यतिबेलासम्म बिनाजी र मेरो त्यस्तो केही थिएन, त्यो समाचार आइसकेपछि मेरो घरमा पूरै शंंकाको दृष्टिकोणले हेरियो ।’

‘मैले बारम्बार हाम्रो केही छैन, आउने बेलामा कृष्ण केसीसंग मेरो झगडा भएको थियो, त्यही कारणले उनले गलत रिपोर्ट दिए भनें । तैपनि सिर्जना (प्रकाशकी विवाहिता पत्नी)ले विश्वास नगर्ने र म तपाईंसँग बस्न सक्दिनं भन्ने गरिन् । म जान्छु अब आउंदिनं भनेर उनी गएपछि झन् पागलजस्तो भएं । घरमा सान्त्वना दिने पनि कोही भएन जस्तो लाग्यो । मिडिया पनि त्यहीअनुसारले अध्यक्षलाई नै बदनाम गर्नतिर उत्रे । बिनाजीको परिवारमा नि त्यस्तै अवस्था । हामीबीच नजिकपन बढ्दै गयो । हामी पार्टीमै खट्ने, पार्टीको नियमअनुसार गलत हो, पार्टीले दिएको सजाय वा कारबाही बेहोर्छौं । यही पार्टीमा खट्ने निर्णयअनुसार हामी यो निर्णयमा पुगेका हौं ।’

‘तर मिडियाले यसरी बंग्याएर पैसाको खेल परिवार, मुख्य त अध्यक्षसंग जोडेर यसलाई तुलना गरेको देख्दा सारै दुःख लागेको छ । यसप्रति म पूर्ण रूपमा जिम्मेवार छु, मैले पार्टी र मुख्यतः अध्यक्षलाई सम्बोधन गरेर स्पष्टीकरण पनि लेखेको छु । र, अनावश्यक अरुको जीवनमा पार्टी र सीएमप्रति आक्षेप लगाउने काम नगरिदिनु होला । कारबाही अवधिभर हामी पार्टीलाई सहयोग गर्नेछौं । त्यसपछि सक्रिय रुपमा फिल्डमा खटिनेछौं । जे हुनु भइहाल्यो । सम्बन्ध सुमधुर नभएपछि संगै बस्नुभन्दा छुट्टिनु नै उत्तम हो । शंकाको दृष्टिकोणले मात्र हेरेर त्यो सफल हुंदैन भन्ने र्निणयमा म पुगें । भइहाल्यो अब मेरो मागप्रति पार्टीले गम्भीर निर्णय लिने नै छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर