उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन: इटाली

२० पुष २०७५, शुक्रबार ०१:३० मा प्रकाशित

रोम, इटाली, १९ पुस (एएफपी)। उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बिहीबार बताएको छ ।

इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उहाँको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएको समय इटालीको उक्त भनाइ आएको हो ।

स्रोतले एएफपीसँग भन्यो, “यस्तो अनुरोधबारे ‘हामीलाई कुनै जानकारी छैन’ तर मन्त्रालयलाई उहाँको स्थानमा अरू कसैलाई पठाउनका लागि अनुरोधसहितको पत्र भने प्योङयाङबाट पाएको छ ।”

उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा मन्त्रालयलाई जानकारी नभएको बताइएको छ । जोले आफू र परिवारसहित शरण माग गरेको एक पत्रिकाले जानकारी गराएको र यसपछि दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कूटनीतिज्ञको सुरक्षाका लागि सांसदहरूलाई जानकारी गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सङ्कल्प विपरीत उत्तर कोरियाले आणविक परीक्षण गरेको विरोधमा मुन जोङ नामलाई देश छाड्न निर्देशन दिइएपछि ४८ बर्षीय जोलाई दुई बर्ष पहिले इटाली पठाइएको थियो ।

इटाली प्योङयाङका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूण मुलुक हो । राष्ट्रसङ्घीय खाद्यान्न र कृषि संगठनको इटालीको रोममा मुख्यालय रहेको छ र उत्तर कोरियामा चरम खाद्यान्न अभाव रहेको बताउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९