सेनामातहतका लडाकु माओवादी बैठकमा पुगेपछि…

१२ श्रावण २०६९, शुक्रबार ०७:१७ मा प्रकाशित


काठमाडौं, १२ साउन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमहरूमा सम्बोधन गर्दा आफ्ना युद्धकालीन लडाकुहरू नेपाली सेनामातहत गइसकेकोले एमाओवादी पूर्ण रूपमा नागरिक पार्टी भएको घोषणा पटक–पटक गर्दै हिंडे । उनको भनाई रहन्थ्यो, ‘अब न माओवादीसंग लडाकु छ न त वाइसिएल नै, त्यसैले एमाओवादी पूर्णरूपमा नागरिक पार्टी भयो र आमनागरिकको एक मात्र पार्टी एमाओवादी बन्यो ।’
अध्यक्ष प्रचण्डले मात्र होइन, गत चैत २८ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको एमाओवादी, एमाले र काङ्ग्रेसको बैठकपछि काङ्ग्रेस एमालेका नेताहरूले पनि माओवादीसंग अब लडाकु नभएको र उ नागरिक पार्टीमा रूपान्तरण भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले सो बैठकबाट माओवादी लडाकु नेपाली सेनामातहत गएको घोषणा गर्नुका साथै विभिन्न शिविरको सुरक्षाका लागि नेपाली सेना खटाएका थिए । बैठकको निर्णयअनुसार नेपाली सेनाले शिविरको सुरक्षा मात्र नगरी उसले शिविरमा रहेका लडाकु, हतियार र शिविरका भौतिक सामग्रीसमेत जिम्मा लिएर आफ्नो अधीनमा राखेको थियो ।
लडाकु नेपाली सेना मातहत गएपछि एमाले अध्यक्षले शान्तिप्रक्रियामा नयां फड्को मारेको र अब निर्धारित मितिभित्रै संविधान बन्ने बताएका थिए । काङ्ग्रेस नेता एवम् सेना समायोजन विशेष समितिका सदस्य डा. रामशरण महतले पनि अब कहिं पनि माओवादी लडाकु नरहेको र ति सबै नेपाली सेनामातहत गएको बताएका थिए । उनको भनाई थियो, ‘सेना समायोजको काम सकियो, बांकी रहेका केही काम नेपाली सेनाले आफ्नो नियमअनुसार गर्छ ।’ तीन दलका नेताहरूले मात्र नभई आमनेपालीले समेत माओवादी लडाकु नेपाली सेनामातहत गइसके, अब माओवादीसंग लडाकु छैनन् भन्ने नै थियो । तर, अहिलो यो भ्रम मात्र भएको पुष्टि भएको छ ।
प्रसङ्ग हो माओवादीको सातौं विस्तारित बैठकको । बैठकमा नेपाली सेनाको मातहत गएको भनिएका माओवादी लडाकुहरूको पनि सक्रिय सहभागिता थियो । उनीहरू पार्टीको जिम्मेवार कार्यकर्ताको रूपमा बैठकमा प्रस्तुत भएका थिए । बैठक आयोजक समितिका अनुसार विस्तारित बैठकमा सबै शिविरका कमान्डर, सहकमान्डरहरूको सहभागिता थियो । त्यस्तै स्वेच्छिक अवकास लिएका तथा सेनामा भर्ती हुन तयारी अवस्थामा रहेका लडाकुहरूको पनि बैठकमा सहभागिता थियो । स्रोतका अनुसार सेनामा कमाण्डमा रहेका भनिएका दर्जनौं लडाकुहरूले बैठकमा सहभागिता मात्र जनाएनन् उनीहरुले समूह छलफलमा आफ्ना प्रस्तुति कडाइका साथ राखेका पनि थिए । तिनै लडाकुहरूकै कारण विस्तारित बैठक बढी चर्चित बन्यो र अन्ततः पार्टीको महाधिवेशन घोषणा गर्नुपर्ने अवस्था आइप¥यो ।
बैठकमा लडाकुहरूले कडा रूपमा आर्थिक मुद्धा उठाएपछि उनीहरूको सहभागिताका बारेमा समेत टिप्पणी सुरु भएको थियो । तर, पार्टीको निर्णयअनुसार भन्दै नेताहरूले त्यसलाई थामथुम पारेका थिए । बताइएअनुसार बैठकमा पांच सयभन्दा बढी लडाकुहरूको सहभागिता थियो । माओवादी नेता दिनानाथ शर्माले पहिलेदेखि नै लडाकुहरू बैठकमा सहभागी हुने गरेकोले सातौं विस्तारित बैठकमा पनि सहभागी भएको बताए । उनले भने, ‘धेरै कमाण्डर साथीहरू पार्टीको केन्द्रीय नेतृत्वमा पनि रहेकोले उनीहरू बैठकमा सहभागी हुनु अनिवार्य थियो ।’ नेपाली काङ्ग्रेसका नेता रामशरण महतले लडाकुहरूले पार्टीको विस्तारित बैठकमा सहभागिता जनाउनुको अर्थ माओवादी लडाकु नेपाली सेनामातहत गइनसकेको पुष्टि भएको बताए । उनले भने, ‘माओवादीले आजसम्म कुनै पनि सहमति पालना गरेको छैन र गर्दा पनि गर्दैन ।’ सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका डा. महत पनि लडाकुहरूले पार्टीको विस्तारित बैठकमा सहभागिता जनाउनुलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताउंछन् । उनले भने, ‘यस विषयमा आगामी बैठकमा कुरा उठाइने छ ।’ माओवादीकै कारण मुलुक बर्बादीतिर उन्मुख भएको महतको भनाई थियो । उनले भने, ‘माओवादीले सहमति पालना नगरेकै कारण अहिलेको अवस्था आएको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको