संस्थापक नै पार्टीबाट तिरस्कृत

११ श्रावण २०६९, बिहीबार २२:१३ मा प्रकाशित

काठमाडौं, ११ साउन । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)को वीरगञ्जमा बिहिबार सम्पन्न विस्तारित बैठकले जयप्रकाशप्रसाद गुप्ता आनन्दसंग कुनै सरोकार नराखिने निर्णय गरेको छ । सञ्ञ्चारमन्त्री समेत रहेका सो पार्टीका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले नैतिक पतन देखिने फौजदारी कसुरमा गुप्ताले सजाय पाएकाले विस्तारित बैठकले उनीसंग आयन्दा सम्बन्ध नराख्ने निर्णय गरेको जानकारी दिए । आफू जेल परेपछि राजकिशोर यादवको चहलपहल निकै बढेको ठानी उनलाई किनारा लगाउन जेपी गुप्ताले विभिन्न चाल चलेको अनुमानका आधारमा सो पार्टीभित्र विभिन्न टिकाटिप्पणी सुरु भएको थियो । पछिल्लो समयमा नन्दनकुमार दत्तलाई समर्थन गरेको भन्दै गुप्तासंग यादव असन्तुष्ट रहंदैआएका थिए ।
गुप्ता र यादवबीच सुरु भएको खिंचातानी प्रकरणलाई मधेसी नेताहरुमा रहेको आपसमा खुट्टा तान्ने प्रवृत्तिको पछिल्लो उदाहरणका रुपमा हेरिएको छ । रोचक त के छ भने मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का संस्थापक अध्यक्ष नै जयप्रकाशप्रसाद गुप्ता हुन् भने उपेन्द्र यादवसंग छुट्टिएर नयां पार्टी स्थापना गर्न गुप्तालाई राजकिशोर यादवले समेत उक्साउने र विशेष साथ दिने काम गरेका थिए ।
विस्तारित बैठकले तत्कालिन केन्द्रीय सदस्य नन्दनकुमार दत्त, आत्माराम प्रसाद साह, सुरिता कुमारी साह र राजिव झालाई पार्टीबाट निष्काशन गर्ने निर्णय अनुमोदन गरेको पनि बताइएको छ । बैठकको अन्तिम दिन पेश गरेको कार्यपत्रमा पार्टीको भावी रणनीति, कार्ययोजनाको बिषयमा आफूले सबिस्तार उल्लेख गरेको यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा