सिरियामा सन् २०१८ मा अहिलेसम्मकै थोरै नागरिकको मृत्यु

१७ पुष २०७५, मंगलवार ०४:३८ मा प्रकाशित

बेरुत, १६ पुस (एएफपी)ए । सिरियामा जारी द्वन्द्वका क्रममा आठ बर्षको अवधिमा यस बर्ष सवैभन्दा कमको मृत्यु भएको छ ।
सन् २०१८ मा २० हजारभन्दा कमको मृत्यु हुँदा बार्षिक अहिलेसम्मकै सवैभन्दा कमको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार यस बर्ष १९ हजार ६६६ जना द्वन्द्वका कारण मारिएका छन् ।
“सिरियामा जारी द्वन्द्वका कारण मृत्यु हुनेहरुको बार्षिक तथ्याङ्कमा सन् २०१८ मा सवैभन्दा धेरैको मृत्यु भएको विवरण प्राप्त भएको छ,” सो सङ्स्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भन्नुभयो ।
यो तथ्याङ्क द्वन्द्व सुरु भएदेखि अहिलेसम्मकै सवैभन्दा कम भएको उहाँले बताउनुभयो । सो तथ्याङ्क बृहत सन्जाल मार्फत् विभिन्न श्रोतहरु परिचालन गरेर संकलन गरिएको उहाँको भनाई छ ।
यसअघि सन् २०१७ मा भने बर्षभरीमा अहिलेको भन्दा बढी ३३ हजार जना मारिएका थिए ।
सवैभन्दा धेरै सन् २०१४ मा मारिएको तथ्याङ्क छ । सो बर्ष ७६ हजार व्यक्ति मारिएको जनाइएको छ ।
सन् २०१८ मा मारिएका मध्ये छ हजार ३४९ जना सर्वसाधारण र एक हजार ४३७ जना बालबालिका रहेको पनि अब्देल रहमानले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो