पूर्व राजाबाट फ्रान्समा राजावादिहरु संग भेटघाट

११ श्रावण २०६९, बिहीबार २१:४३ मा प्रकाशित

टेक नेपाली । गत १६ जुलाईमा निजी भ्रमण भन्दै फ्रान्स पेरिस आएका पूर्वराजा ज्ञानेन्द्र संग युरोपमा रहेका विभिन्न राजावादी नेपालीहरुले भेटघाट गरी नेपाल अब बिदेशी पोल्टामा जाने भन्दै राजसंस्था पुनर्स्थापना गर्नको लागि आफूहरु सक्दो बलिदान दिन तयार रहेको बताएका छन्। भेटको क्रममा पूर्व राप्रपा केन्द्रिय सदस्य लाल बहादुर नेपालीले राजावादी त त्यसै राजावादी राजा कै हुन भन्नु हुँदै कांग्रेस, एमालेको साथ लिँदै र माओवादीको निराशा खेमा कार्यकर्तालाई राजसंस्थामा तान्नु पर्ने वातावरणमा बनाउनु पर्ने बताउनु भयो ।

जर्मनीमा रहेका शिव सेनाका युरोप संयोजक शैलेन्द्र भट्टले युवा जगतलाई नै अघाडि बढाउनु पर्ने बताउनु भयो। बेल्जियम राप्रपाका अध्यक्ष सुरेन्द्र आमात्यले युरोप भरिको राजावादि सम्मेलन गर्न लागेको कुरा राखे भने युके राप्रपाका संयोजक रोशन सापकोटाले हिमानी ट्रष्ट मार्फत सामाजिक कार्य तिब्र रुपमा अगाडी बढाउनु पर्ने आवश्यक रहेको कुरा औँल्याउनु भयो । त्यस्तै डेनमार्क राप्रप्रा भात्री संगठन सचिब रमेश राज कालोटोपीले ‘जनता आउ – राज संस्था बचाउ’को नारालाई अघाडि सार्नु पर्ने बताउनु भयो ।

साथमा स्पेनका शुवाश बिष्ट, बेल्जियमका धीरज मल्ल, दीपेन्द्र केसि, राजन बस्नेतलगायत अन्य युरोप मुलुकका नेपालीहरुले आ-आफ्नो बिचार राखे पछि प्रतीउत्तरमा संक्षिप्त कुरा राख्दै मैले यो गर्नु उ गर्नु भनेर निर्देशन नदिने बताउनु हुँदै राष्ट्र बचाउन जनता नै अगाडी सर्नु पर्ने र बिदेशको भुमीमा बस्दा नेपालीहरु कष्ट दु:ख सँग रहेको अवस्थामा पनि देशको बढी माया गर्ने देखेकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ। पूर्वराजा आजै दुवई तर्फ प्रस्थान हुने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र