फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

१५ पुष २०७५, आईतवार ००:४५ मा प्रकाशित

मनिला, १४ पुस (एएफपी) । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ ।
सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
छिमेकी देश इन्डोनेसियामा ज्वालामूखि विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो ।
यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपी सुनामीको छाल ३० सेन्टीमिटर भन्दा कम हुने पनि अनुमान गरिएको छ ।
फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समूद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ ।
युएसजिएसका अनुसार यसबाट भूकम्पपछि मानवीय र भौतिक क्षतिको कम मात्र सम्भावना रहेको छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखि विस्फोटको घटना बराम्बर भएको पाइन्छ ।
सन् २०१३ मा मध्य फिलिपिन्सलक्षित ७.१ म्याग्निच्युडको भूकम्पमा परी २२० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौ ऐतिहासिक चर्च ध्वस्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार