राजनितिक संकटको निकास गोलमेच सम्मेलनबाटः महासचिब थापा

११ श्रावण २०६९, बिहीबार २१:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही साउन ११ नेकपा–माओबादीका महासचिव राम बहादुर थापाले राजनितिक संकटको निकास गोलमेच सम्मेलनबाटै खोजिनुपर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ अवद्यराज्य समितिद्धारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले संविधानसभालाई षड्यन्त्रपुर्बक विघटन गराईएको दावी गर्दैे अहिलेको राजनितिक र सवैधानिक संकटको निकास गोलमेच सम्मेलन बाट मात्र हुन सक्ने जिकिर गर्नुभयो
नेता थापाले दलहरुका विचमा संविधानसभाको निर्वाचन, संविधानसभा पुर्नस्थापना, संसदको निर्वाचन, जनमत संग्रह वा अन्य विकल्पमा सहमति भए निकास निस्कने बताउनुभयो ।
त्यसका लागि गोलमेच सम्मेलनबाटै सहमति खोजिनुपर्ने उहाको भनाई छ । बर्तमान सरकार असवैधानिक र कामचलाउ भएकाले तत्तकाल कुर्चि छाडेर सहमतिको वातावरण बनाउन समेत आग्रह गर्नुभयो ।
महासचिव थापाले सरकार सत्तामै टासिरहे जनआन्दोलनबाट निकासको विकल्प खोज्ने चेतावनि दिनुभयो । उहाँले संवाद र छलफलबाट सहमति खोजिने बताउदै यदी त्यसो नभए संघर्ष हुने बताउनु भयो ।
आफ्नो पार्टी काग्रेस एमालेको मोर्चामा नजाने तर सरकारको कदमका विरुद्ध मुद्धाहरुमा सहकार्य गर्ने थापाले बताउनुभयो । सरकारले एकपछि अर्को राष्ट्रघाती निर्णय गर्दै गएकाले राष्ट्रियता र स्वाधिनताका पक्षमा राष्ट्रबादी शक्तिहरुसंग सहकार्य हुने बताउनुभयो । एक अर्को प्रसङमा अध्यक्ष मोहन बैद्यको चिन भ्रमण दुई देशविचको सम्बन्ध सृदृढका लागि मात्रै भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार