एमाओवादी नेताको सम्पति छानविन समितिले काम थाल्यो

११ श्रावण २०६९, बिहीबार १५:०८ मा प्रकाशित

काठमाडौं, ११ साउन । एकीकृत नेकपा माओवादीका नेताहरुको सम्पति छानविन गर्न गठित आजबाट आफ्नो काम सुरु गरेको छ ।  पार्टी भित्र आर्थिक अनियमितता भएको तथा भ्रष्टचार बढेकाले छानविनका लागि सातौं विस्तारित बैठकबाट आयोग गठन गरिएको थियो ।
आयोगका संयाजक अमिक शेरचनले पत्रकार सम्मेलन गरी आयोगले आफ्नो काम थालेको बताए । उनले तपाइहरुसंग कुनै नेताका बारेमा उजुरी छ भने दिनुस् हामी उजुरीकर्ताको नाम गोप्य राख्छौं । उनले अध्यक्ष पुष्पकमल दाहालमाथि पनि छानविन हुनसक्ने जानकारी दिए । केन्द्रबाट सुरु हुने सम्पत्ति छानविनको अभियान जिल्ला तहमा पुग्ने उनको भनाई थियो । आयोगले साउन ११ देखि १७ गते भित्र उजुरीहरु पठाउन सार्वजनिक आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको