गोरखा दौडको उपाधि नेपाली सेनाका राईलाई

६ पुष २०७५, शुक्रबार ०१:४५ मा प्रकाशित

गोरखा, ५ पुस । दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जित्नु भएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जित्नु भएको हो ।

उहाँले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट ४० सेकेण्डमा पूरा गर्नुभएको प्रतियोगिताका संयोजक रामहरि केसीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र राजन खत्री तेस्रो हुन सफल हुनुभएको छ । श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ५५ सेकेण्ड र खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै निर्धारित दूरी ३१ मिनेट ४७ सेकेण्डमा पार गर्दै नेपाली सेनाका हरि रिमाल चौथो र ३२ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गर्दै कल्याण बानियाँ पाँचौँ हुनुभएको संयोजक खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुन सफल राईलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

उपाधि जित्न सफल राईलाई श्रीपेच लगाई घोडा चढाएर नगरपरिक्रमा समेत गराइएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई रु २० हजार, तेस्रो हुनेलाई खेलाडीलाई रु १० हजार र सान्त्वना हुन सफल दुईलाई २५-२५ सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तत्कालीन राजा द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट शुरु भएको दौड प्रतियोगिता नयाँबसपार्क हरमटारी चोक हुँदै गोरखा दरबारस्थित हनुमानथान पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिहान एक कार्यक्रमका बीच गोरखा क्षेत्र नम्बर १ का सङ्घीय सांसद हरिराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६