पूर्व प्रम नेपालद्धारा सुविधाको गाडी फिर्ता, नागरिक समाजको आन्दोलन जारी

११ श्रावण २०६९, बिहीबार १४:५१ मा प्रकाशित

काठमाडौं, ११ साउन । नेकपा एमालेका बरिष्ठि नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुर्व प्रधानमन्त्रीको हैसियतमा सरकारले उपलब्ध गराएको सुविधाको गाडि फिर्ता गरेका छन् । उनले सरकारी सुविधाको गाडी बिहीबार फिर्ता गरेका हुन् ।
सरकारले पूर्वप्रधानमन्त्री लगायत विशिष्ठ पदाधिकारीलाई आजिवन आवास,गाडी लगायतका सुविधा दिने निर्णयको चौतर्फी आलोचना भएपछि नेपालले सुविधाको गाडी फिर्ता गरेका हुन् । नेपाल चढ्दै आएको बा.६.च १०३० नम्बरको प्राडो जिप मुख्य सचिव माधव घिमिरेलाई बुझाएका हुन् । नेपालले सरकारबाट गाडी सुविधा मात्र लिएका थिए ।
यसअघि, पार्टी भित्र तिव्र आलोचना बढेपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सरकारी सुविधामा पाएको प्राडो गाडी फिर्ता गरेका थिए ।
यता नागरिक समाजले भने मुलुकले धान्न नसक्ने गरी सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजबाट रत्नपार्कमा रिले अनशन सुरु गरेका छन् । पूर्वप्रशासक तथा समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा सुरु गरिएको रिले अनशनमा समाजका अध्यक्ष गौरी चौधरी तथा सदस्यहरू मोहन शर्मा कट्टेल, धन खतिवडा, शर्मिला पण्डित क्षेत्री, इन्द्रकुमार श्रेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यक्ष दीपक थापा सहभागी छन् ।
रिले अनशनमा विभिन्न पेसागत सङ्घसंस्थाका अगुवाले समेत ऐक्यबद्धता जनाएका छन् । सरकारले मुलुकका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय गरेपछि राज्यको ढुकुटीले धान्न नसक्ने भन्दै समाज आन्दोलनरत रहँदै आएको छ ।
अनशनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय र वरिष्ठ पत्रकार युवराज घिमिरेले मुलुक संविधान पाउन नसकेर अनिर्णयको बन्दी भइरहेको अवस्थामा आमनागरिकलाई बेवास्ता गर्दै राज्यको ढुकुटी सिध्याउने खेलमा सरकार लाग्नु आश्चर्यको विषय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको