भ्रष्टाचार अभियोगमा पूर्वगभर्नर रावलसहितलाई मुद्धा

६ पुष २०७५, शुक्रबार ०१:३५ मा प्रकाशित

काठमाडौँ, ५ पुस । पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा तीलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले आज नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध रु दुई करोड ७३ लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले तीनजनाविरुद्ध जनही रु ९१ लाख नौ हजार बिगो कायम गरेको छ । अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, “नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको छ ।”

आयोगको अनुसन्धानबाट बोलपत्रपूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुनेलगायतका गलत गतिविधि भएको पाएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मी समेतलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाइका कार्यादेश दिएकालाई नै बोलपत्रपूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने जस्ता गलत गतिविधि भएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला