देवराज झड्का

३० फाल्गुन २०६८, मंगलवार ०६:१३ मा प्रकाशित

मंगलवार सार्वजनिक सुरक्षाबारे एक अर्न्तक्रिया कार्यक्रममा भेटिएका गृह मन्त्रालयका सह प्रवक्ता एकमणि नेपालले सोधे–हैन हो, त्यो विश्वक्रान्ती भन्ने देवराज लामाको राजावादीसँगको सम्बन्ध के हो? देवराज र राजावादीविचको सम्पर्क र सम्बन्धबारे प्रकाशित समाचारवारे चासो राख्दै उनले फेरी भने–मैले समाचार प्रकाशित भए लगत्तै उपेन्द्रजीलाई( बबरमबल बम विष्फोट घटनाका अनुसन्धानकर्ता उपेन्द्रकान्त अर्याल) लाई फोन गरेर सोधेको थिए, उनले प्रष्ट केही भनेनन्।

उनको जिज्ञासा सुनिरहेका पूर्व गृह सचिव उमेश मैनालीले आश्चर्य मान्दै भने–तपाईहरुलाई पनि जानकारी छैन र? एकमणी नेपालले टाउको हल्लाएर छैन भन्ने संकेत दिए।

संयुक्त जातिय मुक्ति मोर्चाको आवरणमा रहेका विश्वक्रान्तीको सम्बन्ध राजावादीहरुसंग रहेको र उनीहरुवाट आर्थिक सहयोग लिएर उनले काम गर्ने गरेको विश्वस्तस्रोतको सूचनाको आधारमा लेखिएको समाचार प्रकाशित भएपछि यस्तै जिज्ञासाहरु सुनिरहेको थिएनै। प्रहरीले अनुसन्धानमा यस्तो सम्बन्धबारे केही नदेखिएको भन्दै समाचारको खन्डन गरेपछी जिज्ञासा थप बढेको थियो। उनीहरुले समाचारको विश्वसनियताप्रति भन्दा पनि प्रहरीको खन्डनप्रति बढी ध्यान दिइरहेका थिए। त्यही विचमा एकमणी नेपालले फेरी प्रहरीको खन्डनबारे कुरा उम्काए। त्यसको प्रतिउत्तर मैले दिनै परेन गृहमन्त्रालयको सचिव भइसकेका अनुभवी उमेश मैनालीलेनै उत्तर दिए–दवाव आयो होला, अनी ढाकछोप गरे होला।

समाचार सत्यनै हो, तर प्रहरीले ढाकछोप गर्न चाहेको सूचना बाहिर आएकाले खन्डन गरे भनेर मैले समाचारको पक्षमा धेरै बोलिरहनु परेन। तरपनि गृहका उप सचिव समेत रहेका एकमणी नेपालका सूचनाका लागी भनिदिए–प्रहरी संगठनको प्रतिआतंकवाद निर्देशनालय भन्ने छ, त्यहाँ यो मोर्चा र देवराजको विवरण मगाएर पढ्नुस् न।

 

Hamroblog.com

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा