गोविन्दको अन्तिम फैसला मंगलबार

११ श्रावण २०६९, बिहीबार १२:५५ मा प्रकाशित

काठमाडौ, ११ साउन । जापानी यौनकर्मी युवती हत्या अभियोगमा १५ वर्ष थुना सजाय बेहोरि दुई महिना अघि मात्र नेपाल फर्किकएका इलामका गोविन्दप्रसाद मैनालीको मुद्धामा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्ध परेको रिटमा टोकियो उच्च न्यायालयले आगामी मंगलबार फैसला गर्ने भएको छ ।
अदालती निर्णय अनुसार मुद्धा पुनरावलोकन गर्न पाउने भएपछि र जेलमुक्त भई गोविन्दले बाहिरै बसेर कानुनी लडाई लडिरहेका छन् । उच्च न्यायालयले गर्ने फैसलामा चित्त नबुझेमा अर्को पक्षले  सर्वोच्च अदालतमा रिट दिन पाउने अधिकार छ । रिट नपरेमा भने मुद्धामाथि पुनरावलोकन प्रक्रिया सुरु हुनेछ । यो प्रक्रिया टुंगिएपछि मात्रै गोविन्दले पाउन सक्ने क्षतिपूर्ति र अन्तिम फैसलाको आधार तय हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सन १९९७ मार्चमा यौनकर्मी महिलाको बलात्कार पछि हत्या गरेको भन्दै योकोहामास्थित जेलमा रहेका मैनालीलाई टोकियोस्थित उच्च अदालतले गत जेठ २५ गते निर्दोष सावित गरेको थियो । मैनालीको मुद्दालाई जापानका संचारमाध्यामले पनि उच्च प्राथमिकता दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो