खेलाडीप्रति सरकार अनुदार भएको आरोप

११ श्रावण २०६९, बिहीबार ०७:३४ मा प्रकाशित

काठमाडौं, ११ साउन । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरूलाई प्रोत्साहनस्वरुप दिन लागेको पुरस्कार तथा अन्य सुविधामा सरकारले अडचन पैदा गरेपछि सरकार र परिषद्बीच तनाव उत्पन्न भएको छ । खेलकुदको माध्यमबाट मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रमा बढाउने खेलाडीहरूलाई पांच महिनाअघि राष्ट्रिय खेलकुद परिषदले प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने निर्णय गरेको थियो । राखेपको ९० औं बोर्ड–बैठकले राष्ट्रिय खेलकुद, दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीहरूलाई नगदसहित आवासको व्यवस्था गर्ने निर्णय गरेर प्रोत्साहित गर्ने योजना बनाउनुका साथै उक्त खेलहरूमा पदक जित्ने खेलाडीलाई पहिलेको पुरस्कार राशिमा बृद्धि गरेर ओलम्पिकमा स्वर्ण पदक जित्नेलाई एक करोड प्रदान गर्नेसम्मको निर्णय गरेको थियो । यसैगरी विभिन्न रोगले पीडित ओलम्पियन खेलाडी र अन्यलाई पनि उपचारको लागि सहयोगको प्रस्ताव गरेको थियो ।
तर, राखेपको यो निर्णयमाथि अङ्कुश लगाउ“दै सरकारले पुरानै पुरस्कार राशिको व्यवस्था गरी सच्याएर पठाउन राखेपलाई पत्राचार गरेको छ । सरकारले यसरी खेल र खेलाडिप्रति उपेक्षा दर्शाएपछि राखेपले आफ्नो ९० औं बोर्ड–बैठकको निर्णयमा अडिग रहंदै त्यसैमा सहमति प्रदान गर्न अर्थमन्त्रालयमा जवाफ पठाएको छ । अर्थमन्त्रालयले वर्तमान अवस्थामा पर्याप्त बजेटको अभाव देखाउ“दै राखेपले प्रस्ताव गरेअनुसार रकम उपलव्ध गराउन नसक्ने जनाएबाट सरकार र राखेपबीच तनाव उत्पन्न हुन पुगेको छ ।
अर्थमन्त्रालयले रकम सच्याएर ल्याउन बार्गेनिङ गरिरहेको अवस्थामा राखेप र खेलाडीहरूले सरकारको यो कदमको विरोध गरेका छन् । उनीहरूले जथाभावी अध्यादेश ल्याएर आफ्नो दुनो सोझ्याउने सरकारले खेलकुद र खेलाडिप्रति चाहिं किन सौतेलो व्यवहार गरेको हो भन्दै प्रश्न गरेका छन् ।
सरकारले जहिले पनि खेलाडीहरूलाई दिने रकममा कन्जुस्याइ“ गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आरोप लगाएको छ । सङ्घले खेलाडीहरूले बगाएको रगत र पसिनाको सरकारले खिल्ली उडाएको भन्दै राखेपको निर्णय कार्यान्वयन गर्न जोड दिएका छन् । खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने राखेपले दाबी गरेको छ ।
राखेपले ‘छैटौं’मा स्वर्ण पदक जित्नेलाई १० हजार, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्नेलाई ५ लाख, एसियाली खेलकुदमा स्वर्ण पदक जित्नेलाई २५ लाख र ओलम्पिकमा स्वर्ण पदक जित्नेलाई १ करोड प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै तीन वा तीनभन्दा बढी ‘साग गेम’को अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण पदकसहित दुई पदक र ओलम्पिक खेलका खेलाडीहरूले सक्रिय खेलजीवनबाट सन्यास लिएमा २५ लाखबराबरको आवासको ब्यवस्था गर्नका लागि निर्णय गरेको थियो । नेपालमा यो सुविधा पाउने दुई खेलाडी बैकुण्ठ मानन्धर र दीपक बिष्ट मात्र भए पनि सरकारले यसरी कन्जुस्याइ“ देखाउनु बिडम्वनाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी