पाकिस्तानका प्रधानमन्त्रीलाई दुईहप्ते अल्टिमेटम

११ श्रावण २०६९, बिहीबार ०७:१७ मा प्रकाशित

इस्लामावाद, ११ साउन । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपतिविरुद्ध भ्रष्टाचारको मुद्दा ब्युंताउन प्रधानमन्त्री रजा परवेज असरफलाई दुई साताको अल्टिमेटम दिएको छ । न्यायाधीश आसिफ सइद खानसहितको संयुक्त इजलासले प्रधानमन्त्रीलाई राष्ट्रपति जर्दारीको भ्रष्टाचारसम्बन्धी मुद्दा खोल्नका लागि स्वीस अधिकारीलाई आग्रह गर्न दुई साताको अल्टिमेटम दिएको हो । यसअघि अदालतले प्र्रधानमन्त्री असरफलाई राष्ट्रपतिविरुद्धको सो मुद्दा ब्युंताउन बुधबारसम्मको अल्टिमेटम दिएको थियो । सुनुवाईका क्रममा महान्यायाधिवक्ता इरफान काजीले मुस्लिम समुदायको पर्व इदुल फित्रपछि मात्र समय–सीमा तोक्न गर्नुभएको अपिल भने इजलासले अस्वीकार गरेको थियो ।
पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी राष्ट्रपतिकै भ्रष्टाचारसम्बन्धी मामिलामा अदालतको आदेशक अवहेलना गरेको अभियोगमा अयोग्य घोषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो