किन भेटे प्रचण्डले राष्ट्रपतिलाई ?

११ श्रावण २०६९, बिहीबार ०७:०६ मा प्रकाशित

काठमाडौं, ११ साउन। तीब्र राजनीतिक उहापोह र राष्ट्रपति डा. रामवरण यादवप्रति विपक्षी दलहरुको बढ्दो असन्तुष्टिबीच एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. यादवसँग भटेगरी उनको नाडी छाम्ने प्रयत्न गरेका छन् । कांग्रेस, एमालेलगायतका दलहरुको चर्को दबावका बावजुद राष्ट्रपतिले भट्टराई नेतृत्वको सरकारलाई हटाउने कुनै पहल नगरेको सन्दर्भलाई लोकतान्त्रिक पंक्तिले क्षोभ र आश्चर्यका साथ लिइरहेको भए पनि एमाओवादीले भने स्वाभाविक रुपमा लिएको छ भने राष्ट्रपतिलाई आफ्नो पक्षमा पार्न एमाओवादी नेतृत्वले भरपुर कसरत गरिरहेको समेत बुझिएको छ । यही रणनीतिअन्तर्गत बुधबार सांझ प्रचण्डले राष्ट्रपतिसंग भेटघाट गरेका हुन् ।
भेटमा माओवादी विस्तारित बैठकको निर्णय र दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे छलफल भएको र राष्ट्रपतिले दलहरुबीचको सहमतिबारे चासो राखेको भनिए पनि मूलतः राष्ट्रपतिबाट कतै सरकारविरुद्ध कुनै कदम चाल्दै त छैनन् भनी बुझ्नु नै प्रचण्डको मकसद रहेको एमाओवादी निकट सुत्रले जनायो ।
भेटका अवसरमा प्रचण्डले राष्ट्रपतिको प्रशंसा गर्दै फुस्ल्याउने भरपुर प्रयत्न गरेका र त्यसमा निकै हदसम्म सफलतासमेत प्राप्त गरेको बताइन्छ । भेटपछि प्रतिक्रिया दिंदै प्रचण्डले राष्ट्रपतिले कुनै हालतमा संविधान उल्लंघन गरेर बाहिर जान नचाएको आफूले पाएको प्रतिक्रिया दिनुलाई त्यसैका कडीका रुपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका