म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दवाव

२१ मंसिर २०७५, शुक्रबार २३:५० मा प्रकाशित

बैङ्कक, २१ मङ्सिर (एएफपी) । म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ ।

म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।

द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो ।

चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरुलाई चिनियाँहरुले विबाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ ।
जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागु गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ ।

म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरुबाट पनि बर्षेनी हजारौँ महिलाहरू चीन लगिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९