काङ्गे्रस सभापतिहरुलाई हजार मोटरसाइकलको एस्कर्टिङ

११ श्रावण २०६९, बिहीबार ०६:३४ मा प्रकाशित


काठमाडौं, ११ साउन । लामो समयदेखि नीतिगत अलमलमा रहेको नेपाली काङ्गे्रसले आफ्नो नीतिगत मार्ग पहिल्याउन सिन्धुपाल्चोकको बाह्रबिसे पुगेर गम्भीर छलफल गर्ने भएको छ । त्यस निम्ति साउन पन्ध्र र सोह्र गते काङ्गे्रस केन्द्रिय समितिले पचहत्तरै जिल्लाका सभापतिहरूसंग छलफल गर्ने भएको हो । उक्त छलफल कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवारी सिन्धुपाल्चोक काङ्गे्रसले पाएको छ । छलफलमा काङ्गे्रस केन्द्रिय समितिका पचासी केन्द्रिय सदस्यहरूको सक्रिय सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुने नेताहरूलाई साउन पन्ध्र गते बिहान ७ः३० बजे काठमाडौंको तीनकुनेबाट एकहजारभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरी कार्यक्रम स्थलसम्म पु¥याउने तयारी भएको छ । भब्य स्र्टङ्गका साथ तीनकुनेबाट हिंडेका नेताहरूलाई सिन्धुपाल्चोकको सीमा बनदेउमा पुगेपछि त्यहां सिन्धुपाल्चोकका तर्फबाट भब्य स्वागत गरिने कार्यक्रम छ । सहभागी नेताहरूलाई खाडीचौरमा पु¥याएर दीवाभोज गराउने तयारी आयोजकहरूले गरेका छन् । सहभागीहरूको बसोबासका लागि बाह्रबिसेका सबै होटलहरू रिजर्भ गरिएका छन् । नेताहरूको लागि बोर्डरल्याण्ड, लास्ट र सुकुटे रिसोर्टका सबै कोठाहरू पनि ‘बुक’ गरिएका छन् ।
साउन पन्ध्र गते दिउंसो बाह्रबजे कार्यक्रमको उद्घाटन सत्र सुरु गरिने बताइएको छ । उक्त समारोहको सभापतित्व सिन्धुपाल्चोक काङ्गे्रस सभापतिसमेत रहेका नेता मोहनबहादुर बस्नेतले गर्ने भएका छन् । खुला सत्र बढीमा डेढ घण्टा मात्र चल्ने जानकारी नेता बस्नेतले दिएका छन् । उद्घाटन कार्यक्रम सकिनेवित्तिकै बन्द सेसन सुरु गरिने र त्यो कम्तीमा भोलिपल्टसम्म चल्ने बताइएको छ । बन्द सत्रमा काङ्गे्रसले विगतमा गरेका कमी–कमजोरी केलाउंदै पार्टीको भावी कार्यदिशा खोजिने भएको छ । छलफलका सहभागीहरू सबैले राखेका धारणाका आधारमा काङ्गे्रसले आफ्नो कार्यदिशा तय गर्ने बुझिएको छ । छलफल कार्यक्रमको संयोजन काङ्गे्रस केन्द्रिय कार्य समितिले गर्नेछ ।
सभापतिहरूको राष्ट्रिय भेलापश्चात् काङ्गे्रसले महासमिति बैठकको पनि आयोजना गर्ने भएको छ । महासमिति बैठक बोलाउन नेतृत्वमाथि तीव्र दबाब भइरहेको भए पनि अहिलेसम्म बैठकको तिथि निर्धारण गरिएको छैन । स्मरणीय छ, महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिको बैठक कम्तीमा वर्षमा एकपटक गर्नुपर्ने वैधानिक प्रावधान छ । तर महाधिवेशन सम्पन्न भएको दुई वर्ष बित्दा पनि अहिलेसम्म महासमितिको बैठक हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका