भट्टराई पनि सत्ता बुझाउने बाटोमा: प्रदिप ज्ञवाली

१० श्रावण २०६९, बुधबार २०:२९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १० साउन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नयाँ शेरबहादुर देउवाको उपमा दिनु भएको छ ।प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैनेता ज्ञवालीले २०५९ सालमा तत्कालिन प्रधानमन्त्री देउवाले संसद विघटन गरी सत्ताराजालाई बुझाएको बताउँदै वर्तमान प्रधानमन्त्री भट्टराई पनि संविधान सभाविघटन गरी सत्ता कुनै शक्तिलाई बुझाउन खोजको बताउनु भएको हो । उहाँले त्यो नयाँ शक्ति कुन हो भने खुलाउन चाहनु भएन । संविधान सभा विघटनपछि मुलुकको अवस्था बिग्रदै गएको बताउँदै मुलुकलाई निकास दिन संसदनिर्वाचनको विकल्प नभएको पनि बताउनु भयो । “अवको बाटो दलहरु बिचमासहमति गरी राष्ट्रिय सहमतिको सरकार हुँदै त्यो सरकारले संविधान सभामागरेका उपलव्धिलाई संस्थागत गर्ने, नयाँ संसद निर्वाचन र सोही संसदले संविधान जारी गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“दोस्रो संविधान सभा मुलुकको प्रत्यूत्पादक हुन्छ । त्यसले मुलुकलाई निकास दिंदैन ।” त्यस्तै नेपाली कांग्रेसले प्रधानमन्त्रीको उमेद्वार अँगाडी नसारेको कारण पनि सहमतिमा समस्या भएको बताउँदै कांग्रेसले नसारे एमालले उमेद्वार अंगाडी सार्ने बताउनु भयो । तर कसलाई भने उहाँले भन्न चाहनुभएन । फरक प्रशंगमा उहाँले एमाले भित्र असन्तुष्ट जनजाती तथा मधेशी नेताहरुलाई पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभएको छ । पार्टीले जनजाती तथा मधेशी नेताहरुलाई उचित स्थान दिँदै आएको दावी गर्दै जनजाती तथा मधेशी नेताहरुले एमालेलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनु उनीहरुको लागि पनि राम्रो नहुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा