क्यान्सरको उपचारपछि सोनाली बेन्ड्रे घर फर्किन

१७ मंसिर २०७५, सोमबार २३:३६ मा प्रकाशित

मुम्बई, भारत । बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किनु भएको छ । उहाँ सोमबार विहान सबेरै मुम्बाई फर्किनु भएको हो ।
सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उहाँका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताउनु थप भएको छ ।
करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताउनु भएको छ ।
यस अवधिमा सोनालीप्रति सबैले देखाउनु भएको माया र समर्थनको लागि बेहले धन्यवाद दिनु भो । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताउनु भएको छ ।
न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताउनु भएको छ ।
अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ