एमाओवादी नयां एमाले भयो : माओवादी महासचिव रामबहादुर थापा

१० श्रावण २०६९, बुधबार २०:२६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , १० साउन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा माओवादी नयाँ एमालेको रुपमा विकास भैरहेको बताएका छन् । एमाओवादीको नेतृत्वले क्रान्ति र जनविद्रोहको लाइन परित्याग गरेर एमालेले अंगिकार गरेको वहुदलीय जनवादलाई २१ औं शताब्दीको जनवादको जलप लगाएर संसदीय भासमा फसेकोले एमाले र एमाओवादीमा अब तात्विक फरक नहुने बताए ।पार्टी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेलाको बुधबार बुटवलमा उद्घाटन गर्दै उनले एमाओवादी नेतृत्वले जनयुद्ध र परिवर्तनका एजेण्डालाई छाडेकाले नयां माओवादी पार्टी गठन गर्नुपरेको बताए । ‘एमाओवादी नयां एमाले भन्दा अघि नबढ्ने निश्चित भएपछि हामीले क्रान्तिको झण्डा उठाएका हौं’–थापाले भने । उनले एमाओवादी नेतृत्व अब संसदीय भासबाट माथि उठ्न नसक्ने दावी गर्दै मुलुकको परिवर्तन चाहने र नचाहने शक्तिबीच नयाँ धुव्रीकरणको विकास हुँदै गएको तर्क गरे । सत्तामा बसिरहनका लागि मात्रै वर्तमान सरकारले संविधानसभाकोचुनाव घोषणा गरेकोले मंसिर ७ मा चुनाव हुनै नसक्ने थापाले ठोकुवा गरे । ‘संविधान बनाउने उद्देश्यले नभई चुनाव घोषणाको आडमा सत्तामा टांसिइरहने कुत्सित मनसायले एकलौटौ ढंगले चुनावको नाटक गरिएको हो’–उनले भने । नयाँ संविधानका लागि सर्वपक्षीय गोलमेचसभामार्फत सहमतिको संयुक्त सरकार उपयुक्त विकल्प हुने थापाले बताए । नयाँ एकता र मुलुकको निकासका लागि वृहत्तर क्रान्तिकारी मोर्चाको गठन गर्न जरुरी रहेको बताउदै महासचिव थापाले परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएर संयुक्त आन्दोलन गर्नुपर्ने आश्यकता औंल्याए । संविधानसभाको विघटनसंगै जातिय मुक्ति आन्दोलन विशिष्ट मोडमा आएको जिकिर गर्दै उनले पहिचानसहितको संघीयता पक्षधरहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । एमाओवादी नेतृत्वले कांग्रेस र एमालेसंग सात वा ८ प्रदेशमा सहमति गरेका तर आफुहरुको अडानका कारण वाध्यतावश जातीय पहिचानसहितका १० प्रदेशमा आएको स्मरण गर्दै उनलेअब पार्टी विभाजनपछि भने आफ्नो पार्टी नै जातीय पहिचानको पक्षमा उभिएको दावी गरे । भेलामा देशका विभिन्न जिल्लाबाट एक सय ५० जना सहभागीछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल