आतङ्कवाद विश्व शान्तिका लागि चुनौती : देवेगौडा

१६ मंसिर २०७५, आईतवार ००:१७ मा प्रकाशित

काठमाडौँ, १५ मङ्सिर । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवादसम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताउनुभयो । उहाँले आतङ्कवाद मानवाधिकार उल्लङ्घनको विषय भएको बताउँदै आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिनु नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राज्यबाट आतङ्कवाद संरक्षित हुनुहुन्न र आतङ्कवादलाई राज्यले गर्ने सहयोग रोकिनुपर्छ । यस्ता समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्छ ।”

वर्तमान र भविष्यका पुस्ताको भविष्यका सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उहाँले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “भारतमा प्रकृतिलाई आमा मानिन्छ । प्राकृतिक स्रोत प्राणीको आवश्यकताका लागि पर्याप्त छ तर लालचका लागि पर्याप्त छैन । मौसम परिवर्तनका असर कम गर्न भारत वचनबद्ध छ ।” उहाँले खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारको सुरक्षामा जोड दिँदै विश्वका प्रत्येक नौ व्यक्तिमा एक भोका भएको र उनीहरुको खाद्यमा पहुँच पर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा