नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

१४ मंसिर २०७५, शुक्रबार २३:१३ मा प्रकाशित

ब्युनस आयर्स, १४ मङ्सिर (एएफपी)। संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिनुभएको थियो ।

युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गर्नुभएको थियो ।

तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भेला हुनुभएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र यसले आगामी दिनमा व्यापारको परिदृश्यमै परिवर्तन ल्याउने बताउनुभयो ।

ट्रम्पले नयाँ सम्झौताका क्रममा नेताहरुबीच आरोप प्रत्यारोप भएपनि राम्रो नतिजा आएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले यस सम्झौताबाट अमेरिकी कामदारलाई फाइदा पुग्ने र बौद्धिक सम्पत्तिको संरक्षणमा ठोस योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौताले मुख्यगरी सवारी साधनका क्षेत्रमा कार्यरत मजदूर एवं कामदारको रोजगारी सुरक्षामा मद्दत पुग्ने बताइएको छ ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ सम्झौताले पछिल्ला दिनहरुमा बढ्दै गएका गम्भीर आर्थिक अनिश्चितताका चुनौतीको समाधानमा मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ