‘ए’ डिभिजन लिग : पुलिस र थ्रीस्टार विजयी

१४ मंसिर २०७५, शुक्रबार २३:०५ मा प्रकाशित

काठमाडौँ, १४ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका पाँचौँ चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।

थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने । रञ्जनले दुई गोल गरे । उनले खेलको २५औँ तथा ६६ औँ मिनेटमा गोल गरेका थिए । रञ्जनले ‘म्यान अफ दी म्याच’सहित रु १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै थ्रीस्टारले पाँच खेलबाट १२ अङ्क जोडेको छ । एपिएफले पाँच खेलबाट चार अङ्क जोडेको छ ।

यसैगरी आज भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले न्यूरोड टिम (एनआरटी)लाई ३–० गोल अन्तरले पराजित गर्यो ।

मनाङ शीर्ष स्थानमा

पाँचाँै चरणका खेल शुरु हँदासम्म जारी लिगमा शतप्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । मनाङले लिग खेलको चारवटै खेल जित्दै १२ अङ्क जोडेको छ ।

थ्री स्टार पाँच खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने प्रहरी १० अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लब १० अङ्कसहित चौथो, हिमालयन शेर्पा पाँचाँै, सङ्कटा क्लब छैटाँै, सरस्वती क्लब सातौँ, च्यासल युथ क्लब आठौँ तथा एपिएफ चार अङ्कका साथ नवौँ तथा ब्रिगेड ब्वाइज १०औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी