जनसम्पर्क समिति अमेरिकाको मिचिगन च्याप्टरको अधिवेशन सम्पन्न

१० श्रावण २०६९, बुधबार १९:३५ मा प्रकाशित

मिचिगन, अमेरिका । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको मिचिगन च्याप्टरको मिती २०१२ जुलाई २१ को दिन मिचिगनमा सम्पन्न अधिवेशनले पुन धर्म भट्टराईको अध्यक्षतामा नयाँ १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

जनसंपर्क समिति अमेरिकाका केन्द्रिय संयोजक खगेन्द्र जी सीको प्रमुख आतिथ्य मा सम्पन्न सो अधिवेशनमा अतिथि जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य श्री सानुबाबु सिलवालको साथै अमेरिका नेपाल पत्रकार महासंघका महसचिब किशोर पन्थीको पनि उपस्थिती थियो ।

उक्त नयाँ कार्यसमितिमा उपाध्यक्ष जगनलाल श्रेष्ठ विपिन, महासचिव रामप्रसाद बस्याल, सचिव अमृत भट्टराई, कोषाध्यक्ष मधुकर रजौरे, सदस्यहरु हरिष उपाध्यक्ष, प्रकाश भट्टराई, घनश्याम पाण्डे, तारालक्ष्मी श्रेष्ठ, लोचन श्रेष्ठ, पुण्य पराजुली, निरज कार्की र विनोद चन्द्र घिमिरे रहनुभएको छ ।उक्त समारोह मा बोल्दै अध्यक्ष धर्म भट्टराई ले मिचिगन च्याप्टर अमेरिका मा एक नमुना च्याप्टर को रुपमा रहेको स्मरण गराउदै आगामी कार्ये निति प्रस्तुत गर्दे $१००१को दैबी प्रकृति कोश को स्थापना गरीयको जानकारी दिनु भयो ।

नेपाली भाषा कक्षा निकट भबिष्यमा संचालन गर्ने , नियामित रुपमा रक्त दान कर्येक्रम को साथै संथा को आधिकारिक वेब साईट बनाउने जानकारी दिनुभयो । सदस्य प्रकाश भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा सदस्य घनश्याम पाण्डेले स्वागत मन्तब्य दिदै अधिवेशन सफलताको कामना गर्नु भएको थियो । कोषाध्यक्ष मधुकर रजौरेले पेश गर्नु भएको आर्थिक प्रतिबेदन सर्बसमितीले पास गरेको छ ।

सो कार्येक्रम मा उपाध्यक्ष बिपिन श्रेष् , महासचिव रामप्रसाद बस्याल स्थानिय समाजसेबी मोहन थापा, हिमाल गौतम, श्री बिष्णु पाण्डे, सदस्यहरू हरिश उपाध्याय, बिनोद चन्द्र घिमिरेले यस अधिबेसनले नयाँ सबल नेतृत्वको चयन गरि अधिबेसन सफल हुने विश्वाश गर्नु भएको थियो । सो अबसरमा च्याप्टरका सल्लाहकारहरू शरण श्रेष्ठ, दिलिप के सी, अर्जुन कार्की , नारायण राम भट्टराई ,कैलाश श्रेष्ठ र मोती प्र लामिछानेलाई प्रमुख अतिथी खगेन्द्र जी सीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
मिचिगन च्याप्टरको सल्लाहकारहरुम भने शरण श्रेष्ठ, दीलिप केसी, अर्जुन कार्की, तुलसी सिवाकोटी र विष्णु पाण्डे रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथी खगेन्द्र जीसीले पदको सपथग्रहण गराउनुभएको थियो । उद्घाटन शत्र, बन्द शत्र र कार्यसमितिको घोषणा गरी तीन चरणमा सम्पन्न कार्यक्रममा मिचिगन क्षेत्रका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले अमेरिकामा जनसम्पर्कसमितिको विवाद मिलाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य सानुबाबु शिलवालले विवादको अन्त्यका लागि नेतृत्वलाई दवाव दिनुपर्ने बताउनुभयो । नेपालबाट नेतृत्व अमेरिकामा आउदा प्रतिनिधीहरुले भेटेर जनसम्पर्क समितिको केन्द्रमा देखिएको विवाद अन्त्यका लागि दवाव दिनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खगेन्द्र जीसीले जनसम्पर्क समितिको केन्द्रको विवाद अन्त्यका लागि सबै सकारात्मक भएको जानकारी दिनुभयो । उहाले केन्द्रको विवाद छिटै अन्त्य हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
विपी जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा दिवंगत नेताहरुको सम्झनामा श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण पनि गरिएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय