नेपालको विकास भारतको हितमा छ : जोली

१४ मंसिर २०७५, शुक्रबार २२:५८ मा प्रकाशित

काठमाडौँ, १४ मङ्सिर । भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उहाँले बताउनुभयो । उहाँले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पार्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उहाँले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भई नियाँलिरहेको उल्लेख गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आफू नेपाल आएको र यस सम्मेलनबाट नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिणी दिल्ली महानगरपालिकाका (साउथ दिल्ली म्युनिसिपालिटी करपोरेशन) प्रमुख नरेन्द्रकुमार चावलाले वातावरण, पानी, महिला सशक्तीकरणजस्ता विषयमा दुवै मुलुक एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर