नौ युगल जोडी रङ्गेहात पक्राउ

१० श्रावण २०६९, बुधबार १९:४४ मा प्रकाशित

काठमाडौं, साउन १० । बागबजारका विभिन्न गेष्टहाउसबाट प्रहरीले आपत्तीजनक अवस्थामा रहेका युवक–युवतीका नौ जोडीलाई नियन्त्रणमा लिएको छ । मंगलबार अपरान्ह महानगरीय प्रहरी प्रभाग सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सर्च गर्ने क्रममा बिभिन्न ६ वटा गेष्टहाउसबाट यौनजन्य क्रियाकलापमा संलग्न नौ महिला एवम् त्यति नै सङ्ख्यामा रहेका पुरुषहरुलाई पक्राउ गरेको हो । अवैध धन्दा सञ्चालन गरेर सामाजिक विकृति फैलाएको भन्दै प्रहरीले गेष्टहाउस संचालकलाई समेत पक्राउ गरेको छ ।

यसैगरी सुनसरी, भासी–५ मा डेरा गरी बस्ने भारतीय नागरिक २३ बर्षीय राजकुमार राई नामक २३ वर्षिय भारतीय नागरिक र उनको कोठासंगै रहेका वकलौरी–९ निवासी १९ बर्षीय कुमारराज धामीलाई कटुवा पेस्तोल तथा लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले राईको कोठा तलासी गर्दा कटुवा पेस्तोल १ थान, सोको गोली २ राउण्ड र विभिन्न ब्राण्डका लागूऔषधहरु समेत फेलापरेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी