कांग्रेस नेता जोशीलाई डेढ बर्ष कैद

१० श्रावण २०६९, बुधबार १७:०२ मा प्रकाशित

काठमाडौं, १० साउन । विशेष अदालतले पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई डेढ बर्ष कैदको फैसला सुनाएको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्कीको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार विरुद्धको मुद्धामा बुधबार कैद फैसला सुनाएको हो ।

उनलाई २ करोड १४ लाख १६ हजार विगो र सोही वरावर जरीवाना समेत तोकेको छ । जोशीले ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारले मुद्दा लगाएको थियो तर विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले हद म्याद नाघेको तर्क दिँदै मुद्दाको तथ्यभित्र प्रवेशै नगरी आरोपपत्र खारेज गरिदिएका थिए ।
विशेष अदालतले २०६३ कात्तिक ३० गते गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन परेको पाँच वर्षपछि गत पुस २४ गते सर्वोच्च अदालतले तीन पटक गृहसहित ७ पटक मन्त्री भएका जोशीको मुद्दा उल्ट्याउँदै जो जे बुझ्नु छ बुझी तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भन्दै मिसिल विशेष अदालतमा नै फिर्ता पठाउने आदेश गरेको थियो ।
जोशीविरुद्धको उक्त मुद्दामा उनीबाहेक उनका छोरा दिनेशराज जोशी, सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारी प्रतिवादी छन् । जोशीले कमाएको अवैध सम्पत्ति लुकाउन उनीहरू मतियार भएको अख्तियारको अभियोग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका