कर्नाटक बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

९ मंसिर २०७५, आईतवार ०२:४१ मा प्रकाशित

नयाँ दिल्ली, भारत, ८ मङ्सिर (एएफपी) । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।

दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्,” एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन । तर दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ ।
घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।

यसैबीच कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताउनुभएको छ ।

भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुनेगरेको छ ।

सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलङ्गना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत बिहीबार मध्यप्रदेशमा यात्रुवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा छ जना विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार