संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताव अघि बढाइने

८ मंसिर २०७५, शनिबार ००:५६ मा प्रकाशित

चितवन, ७ मङ्सिर । उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताउनु भएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अहिले आफूहरु तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने बताउनु भएको हो । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको जानकारी दिनुभयो । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको जानकारी गराउनुभयो । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने पक्षमा सरकार अघि बढेको उहाँले बताउनुभयोे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक