मुखर्जीले लिए संसद भवनमा राष्ट्रपतिको सपथ

१० श्रावण २०६९, बुधबार १५:५८ मा प्रकाशित

काठमाडौं, १० साउन । भारतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज एक विशेष समारोहबीच भारतको संसद भवनमा राष्ट्रपतिको सपथ लिएका हुन ।

मुखर्जीलाई भारतका मुख्य न्यायाधीश एसएच कपाडियाले १३ औं राष्ट्रपतिको सपथ ग्रहण गराएका हुन् । सपथका लागि लागि भारतीय राष्ट्रपतिको कार्यालयबाट संसद भवनसम्म राष्ट्रपति प्रतिभा पाटिल र नवनिर्वाचित राष्ट्रपति मुखर्जी सैनिक स्कटिङमा संसद भवन पुगेका थिए । सपथपछिको पहिलो संबोधनमा मुखर्जीले भारतमा गरिबी हटाउनका लागि देशका सबै शक्ति लाग्नुपर्नेमा जोड दिएका थिए ।
करिब चार दसकलामो समयसम्म भारतीय काँग्रेसको सक्रिय राजनीतिमा रहेका मुखर्जी राष्ट्रपतिमा निर्वाचित हुनुअघि भारतका एकजना वरिष्ठ राजनीतिज्ञका रुपमा रहेका थिए । पूर्व अर्थमन्त्री एवम् वरिष्ठ राजनीतिज्ञ प्रणव मुखर्जी भारतको राष्ट्रपति पदमा आइतबार विजयी भएका थिए । भारतको संविधान अनुसार राष्ट्रपति पद भारतमा औपचारिक (सेरेमोनियल) पद हो । भारतको केन्द्रीय तथा राज्यस्तरका सांसदहरुले मतदान गरेका सो निर्वाचनमा राष्ट्रपति मुखर्जीले करिब ७१ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको