पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

६ मंसिर २०७५, बिहीबार २३:५२ मा प्रकाशित

जमुनावर्षा शर्मा, चिप्लेढुङ्गा, ६ मङ्सिर । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ ।

पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँ थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आउनुभएको हो । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुनुहुन्छ ।

सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आउनुभएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गर्नुभयो । “एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताउनुभयो ।

उहाँले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताउनुभयो । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उहाँले टीकासमेत लगाउनुभयो । उहाँसँगै रहनुभएका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो ।

उहाँहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गर्नुभएको । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिनुभयो ।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाउनुभएका डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पु¥याउँदै आउनुभएको छ । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको उहाँ अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुनुुहुन्छ ।
मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताउनुभयो । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताउनुभयो । पोखरामा उहाँहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गर्नुभएको थियो । उहाँहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राख्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा